नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ३ मा नमुना वडा कार्यालयको शिलान्यास गरिएको छ । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिनोद कुमार चौधरीले बर्दघाट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयको शिलान्यास गर्नु भएको हो ।
वडा कार्यालयको शिलान्यास गर्दै चौधरीले बिकासका लागी सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । “जनताका लागि बिकास गर्ने चाहाने र बिकास रोक्न चाहानेलाई जनताले राम्रोसङ्ग चिनेर व्यवहार गर्नुपर्छ ” चौधरीले भन्नुभयो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले यस बर्षमा नै बर्दघाट नगर भित्र १६ वटै वडाहरु आफ्नै भवनबाट सेवा प्रदान गर्ने उल्लेख गर्नु भयो । ” जनतालाई दिने सेवामा प्रमुख प्राथमिकतामा राखी हामीले वडाहरुलाई सुबिधा सम्पन्न भवन बनाइ सेवा सुबिधा दिनका लागी लागीपरेको श्रेष्ठले बताउनु भयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश चन्द्र अधिकारीले वडा कार्यालय नहुदा प्रशासनिक काम गर्नेका लागि कठिन भइरहेको परिस्थितिमा वडा कार्यालय बनेपछि सहज हुने भनाइ राख्नु भयो । उहाले वडा नम्बर ३ कृषिका लागी उर्बर भुमि रहेकोले सिचाइमा नगर, प्रदेश र सघले व्यवस्था मिलाइदिन समेत आग्रह गर्नु भयो ।

करिब ८३ लाखको लागत स्टिमेट गरिएको वडा कार्यालयको मनोहर कन्सट्रक्सनले ६६ लाख ६२ हजारमा ठेक्का परेको हो । वडा कार्यालय २०८२ जेष्ठ १५ गते सम्पन्न हुनेछ । वडा सचीव मघु पराजुलीको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुनिल चौधरी गर्नु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

