Rashtriya Dainik

सिमा सहजीकरण समितीको त्रैमासिक बैठक त्रिवेणीमा सम्पन्न

आरपी उपध्याय /नवलपरासी ९ पुष

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ वडा कार्यालयमा सिमा सहजीकरण समितीको त्रैमासिक बैठक वडा कार्यालय रानीनगरमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. का सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापा,विद्यालयहरुको प्रतिनिधित्व गर्दै उज्ज्वल शिशु इङ्गलिस बोर्डिङ्ग स्कुलका प्र.अ. दिपक कुवर, वडा न.७ का वडा सदस्यहरु सहित स्थानीय सञ्चारकर्मीहरुको बैठकमा उपस्थिति रहेको थियो।
बैठकले नेपाल भारत अन्तर्राष्ट्रिय गण्डक ब्यारेज नाकामा महिला सुरक्षाकर्मीको माग गर्ने,ब्यारेज नाकामा सरसफाइ गर्ने तथा आउदै गरेको त्रिवेणी र मदार बाबा मेला व्यवस्थाबारे पनि बैठकमा छलफल भएको जानकारी प्राप्त भएको छ।
बैठकमा सिमा क्षेत्रमा सुरक्षा निकायले गर्दै आएको भुमिकाबारे पनि समिक्षा भएको थियो।
विनयी त्रिवेणी वडा न.७ नेपाल भारत अन्तर्राष्ट्रिय सिमामा पर्ने वडा भए पनि नारायणी नदीको प्राकृतिक सिमा विभाजनको कारण सुरक्षा चुनौती नभएकोले पश्चिम तर्फ सुस्ता गा.पा.को वडा न. १,२,३ को भूभाग पर्ने हुँदा त्यसतर्फ सुरक्षा निकायको सुरक्षा निगरानी कडा नै हुनुपर्ने बारे पनि बैठकमा छलफल भएको बुझिएको छ।
स्मरणीय छ २०७९ सालमा सिमा सहजीकरण समितीको गठन भइ हालसम्म समितीले आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आएको समिती स्रोतले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित