रंजीत शर्मा / नवलपरासी ९ पुष
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुममा बृज किशोर प्रसाद साहको आगमन भएको छ ।
नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो अनुभव र क्षमताको भरपूर उपयोग गर्दै पालिकाको सेवा प्रवाहमा सुधार ल्याउन तथा विकासका योजना कार्यान्वयन गर्न कटिबद्ध रहने बताएका छन्। उनले भने, “जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र पत्रकारहरुको सहकार्यमा ठप्प रहेका योजनाहरुलाई गति दिन म पूर्ण रूपमा सक्रिय रहनेछु।”
यसअघि जिल्ला समन्वय समिति, नवलपरासीका प्रशासकीय अधिकृत कृष्ण पन्थीलाई पाल्हीनन्दन गाउँपालिकामा खटाइएको थियो। तर, उनले तलब भत्ता व्यवस्थापन बाहेक प्रभावकारी काम गर्न नसकेको गुनासो आएको थियो।
प्रमुख प्रशासकीय अधिकृत साहको स्वागतमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीको उपस्थिति थियो।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत गर्दै अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक)ले नयाँ हाकिमको कार्यकालले पालिकामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
नयाँ नेतृत्वसँगै पाल्हीनन्दन गाउँपालिकाले आफ्नो सेवामा गुणात्मक सुधार गर्दै विकासमा उल्लेख्य प्रगति गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

