राष्ट्रिय दैनिक / नवलपरासी ,८ पुस
पश्चिम नवलपरासीको सुनवलमा कांग्रेसको क्षेत्र स्तरीय कार्यकता भेला हुने भएको छ।
नेपाली कांग्रेसको १०० दिने राष्ट्रीय अभियान अन्तर्गत क्षेत्र स्तरीय कार्यकता भेला पुस ९ गते मंगलबार हुने भएको छ।
कार्यकता भेला नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधीसभा क्षेत्र नं. १, नवलपरासीकाे आयाेजनामा बिहान ११ बजेदेखि नेपाली कांग्रेस सुनवल नगर कार्यालयकाे सभाहलमा हुने सभापती माधव प्रसाद पाण्डेले जानकारी दिनुभएको हाे।
कार्यकर्ता भेला कार्यक्रममा वडादेखि पालिका र क्षेत्रभित्र रहेका कार्यकर्ता , नेता तथा जिल्ला र केन्द्रीय नेताहरुकाे उपस्थिति हुने सभापती पाण्डेले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

