नेपालगन्ज ,६ पुस
राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपाल पत्रकारहरु समाजकाे सचेत समूह भएको बताउदै विकास समृद्धका लागि प्रदेश सरकार तयार भएको बताउनु भयाे । उहाले अबका दिनमा दलित समुदायको लागि विकासमा प्रदेश सरकार तयार रहेकाे बताउनुभयो ।
उहाले समाजले आँखा चिम्लेर विश्वास गरेर आफ्नो सुचनाकाे सुचकका रुपमा ग्रहण गरेकाेले सधैं सधैंका लागि जनताकाे पक्षमा कलम चलाउन अपिल गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले अाम दलित समुदाय मुद्दा बाेकेर हिड्न बनाउनका लागि सबैलाई तयार हुन अनुरोध गर्नुभयाे ।
उहाले देशभरि सङगठन निर्माण भएको बताउदै त्यसकाे जगमा अझ ब्यवस्थपत गर्न अनुराेध गर्नुभयाे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका शुसिला नेपालिले कानुन निर्मान सहजिकरण गर्ने बताउनुभयाे । उहाले अागामि दिनमा सधै सहकार्यबाट अगाडि बदने बताउनुभयाे ।
उर्जाशिल पत्रकार पुरस्कारबाट गाेरखा पत्रकारका पत्रकार राधा नेपाली, पत्रकार बिनाेद परियार, रुपा विक लगायत लाई सम्मान गरिएको थियाे । कार्यक्रममा रुकुम पुर्वका जिल्ला अध्यक्ष स्वर्गीय विक्रम परियारकाे अामालाइ पनि सम्मान गरिए थियाे ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, महासचिव लक्मण दर्नाल, सस्थापक अध्यक्ष चिन्ता परियार, नेपाल पत्रकार महासङघका अध्यक्ष शुक्र ऋिषि चौलागाईं लगायतले शुभकामना ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द वस्यालकाे अध्यक्षतामा सम्पन्न भयाे थियाे भने सचिव सञ्जय सौगतले सञ्चालन गर्नुभयो थियाे । काेषा अध्यक्ष कृष्ण दर्लानले गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

