Rashtriya Dainik

नवलपरासीमा माइक्रो बस र ट्रक एक आपसमा ठोकिँदा २२ घाइते ७ को अवस्था गम्भीर

नवलपरासी,५ पुस ।

पश्चिम नवलपरासीको सुनवलमा माइक्रो बस र ट्रक एक आपसमा ठोकिँदा २२ जना घाइते भएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिका–७ स्थित अलकत्रे डाँडामा बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रो बस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रो बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ७ जना गम्भीर रहेको र उपचारको लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय सुनवलका ईन्सपेक्टर सन्तोष पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण आउन बाकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित