Rashtriya Dainik

बर्दघाट ५ मा बिहे गर्नु पुर्व वडाको सिफारिस अनिवार्य

नवलपरासी,५ पुस

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा विवाह गर्नु पूर्व वडाको अनिवार्य अनुमति सिफारिस लिनुपर्ने भएको छ ।

वडालाई बालमैत्री वडा घोषणा गरिएसँगै बाल विवाह रोक्नका लागि विवाह पूर्व वडाको अनुमति सिफारिसलाई अनिवार्य गरिएको हो ।

बिहेबारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउनका लागि वडाबाट यस्तो कदम चालिएको वडा अध्यक्ष विमला गुरुङले बताउनुभयो ।

घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नु पूर्व वडा कार्यालयबाट अनिवार्य अनुमति सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ ।गत कार्तिक २६ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित