र्वीरगन्ज, ५ शुक्रबार
बहुदरमाई नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूले आगो लगाएका छन । विगत सात महिनादेखि तलब नपाउँदा शिक्षकहरूले कक्षाकोठामा जान छोडेको कारण पढाइ अस्तव्यस्त भएको थियो ।
त्यसकारण हिजो विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थियो ।घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आगजनी र तोडफोडको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘सीसीटीभीको लाइन बन्द गरिएको रहेछ,’ उनले भने, ‘कार्यालयबाट कुर्सी र टेबल रोडमा लगेर आगजनी गरिएको छ, अनुसन्धान हुँदैछ ।
साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन पाएको छैन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।