अमृता सुनार/नवलपरासी ,५ पुस
भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवलको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नारायण बहादुर थापा क्षेत्रीको अध्यक्षता एंव जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष वीर वहादुर रानाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले यस भूपू सैनिक सहकारीमा कुनै जातिय,धार्मिक तथा राजनैतिक रुपमा नभई सुद्ध भूपूहरुको संगठन भएकाले आगामी दिनमा सबै भूपू सैनिकहरु संस्थामा संगठित हुनुपर्ने बताउनुभयो ।

२०५४ सालमा २५ जना भूपू सैनिकको सहकार्य बाट स्थापित संस्थामा हाल ३ सय ४० जना शेयर सदस्य रहेको संस्थाको ३९ लाख ८ हजार २ सय शेयर पुजी , ६ करोड ६० लाख ७६ हजार ३ सय ४९ कुल सम्पत्ती रहेको सस्थाले आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३० हजार ५२ शुद्ध नाफा आर्जन गर्न सफल भएको छ ।
यस्तै सचिवको प्रतिवेदन सचिव हेम बहादुर गुरुङ, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष गङ्गा बहादुर गुरुङ र लेखा समितिको प्रतिवेदन लेखा संयोजक धन बहादुर पुनले प्रस्तुत गर्नु भएको थियो । तिनै जनाले प्रस्तुत गर्नभएको प्रतिवेदन सभाले पारित पनि गरेको छ । कार्यक्रमममा सल्लाहकार संयोजक रन बहादुर थापा, क्याप्टेन गोविन्द बहादुर थापा क्षेत्री, शेयर सदस्य कुबेर न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उपाध्यक्ष खिमानन्द बरालको स्वागत तथा सदस्य देवी बहादुर गुरुङको सञ्चालन रहेको उक्त कार्यक्रममा जेष्ठ शेयर सदस्य, संस्थापक सदस्यहरुलाई सम्मान साथै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

