राजन कुमार बानिया
पर्सा ४ पुस
पर्साको पोखरिया नगरपालिका वडा नं ३ बसनपुरमा श्रीमद्भ भागवत महापुराण ज्ञान महायज्ञको आज कलश यात्रा सम्पन्न भएको छ। सप्ताहिक ज्ञान महायज्ञ सात दिन सम्म चलने अायोजक समितिका पुर्व वडाअध्यक्ष अजय गुप्ताले जनाएका छन। कलशयात्राको प्रमुख अतिथि पुर्व मन्त्री रमेश रिजालको अतिथ्यमा कलश यात्रा निसकेको थियो। श्रीमद्भ भागवत महापुराण ज्ञान महायज्ञमा निसकेको कलशयात्रा बाजागाजा सहित बसनपुर गाउँ परिक्रमा गर्दै मुडली लंगडी को बिचमा हनुमान मन्दिर नजिक रहेको सिकटा खोलामा अाएर जल भरि कलश पुन्ह यज्ञ स्थलमा पुगेका थिए। श्रीमद्भ भागवत महापुराण ज्ञान महायज्ञ ,सप्ताहिक कार्यक्रम को कलशयात्रामा पोखरिया नगरपालिकाको पुर्व मेयर दिपनारायण रौनियार,वडाअध्यक्ष रामबिश्वास चौहान, समाजसेबी शम्भु कलवार,पारस साह,राजु साह,लगायत साधुसंत,भक्तजन हरु को सहभागित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

