राष्ट्रिय दैनिक / काठमाडौं ,४ पुस
फाेटाेग्राफी पेशा अंगालेर जीवन अगाडि बढाउदै गरेका रमेश बाेगटी अहिले फिल्म निर्देशकका रुपमा परिचित छन्।
रिलकाे सममा फिल्म लाइनकाे क्रेज देखेर फाेटाेग्राफी सिखेकाे बाेगटी जिवनमा धेरै संघर्ष गरे । बाेगटी तिन महिना फाेटाेग्राफी सिखेर आफ्नै स्टुडियो खाेले ।

स्टुडियो ठिकै चलिरहेकाे थियो एकदिन दिपक रायमाझी स्टुडियोमा आएर फाेटाे खिच्ने माैका प्रदान गरेका गरे। रायमाझीकाे उत्कृष्ट फाेटाेसुट भएपनि उनि फिल्ममा फाेटाे खिच्ने माैका प्रदान गरे । फिल्मी सेलिब्रेटीकाे फाेटाेसुटसंगै बाेगटी पत्रिकामा पनि फाेटाेग्राफी गर्ने माैका पाए।

फुर्सदकाे समयमा क्यामरा नजिकै हेरेर डाइरेक्टरले गरेको काम निहाल्दै कहाँ के हुदैछ भनेर सब कुरा उत्सुकता सहित हेर्न थाले ।

राजेश हमाल र बिराज भट्टकाे मैदान फिल्म सुटिङकाे छायांकन हेरिरहेकाे बाेगटी निर्देशकबाट धेरै कुरा सिक्ने माैका पाएकाे बताए ।

फाेटाेग्राफी कामलाई सेलिब्रेटी तथा समीक्षकले जस दिए।परिणामतः बाेगटीले “नसिब आफ्नाे” फिल्ममा फाेटाेग्राफी गरेर साेहि निर्देशनसंग अन्य थुप्रै फिल्ममा निर्देशन गर्ने माैका पाए।

फिल्म निर्देशनकाे काम फिल्म निर्माताकाे मन जित्यो। साथै साेहि निर्माताकाे ब्यानरमा रहेको फिल्म ” किन गरे माया ” मा डेबु गरे । त्यसपश्चात् बाेगटीले”ज्याकपट ” फिल्म निर्देशन गर्ने माैका पाए । त्यस लगत्तै बाेगटीले “जय सम्भु” र “प्रेमबाणी” फिल्म निर्देशन गर्ने अवसर पाए । नेपाली फिल्ममा बाेगटीकाे निर्देशन गर्न राम्रो स्थान पायाे।

त्यसपछि बाेगटीकाे काम भारतसम्म चर्चा पायाे । उत्कृष्ट कामकै कारण बाेगटीले भाेजपुरी फिल्म “प्रेम गित ” निर्देशन गरे ।
हाल सम्म ८/९ वटा भाेजपुरी फिल्म निर्देशन गरिसकेका बाेगटी कला र क्षमताले भ्याएसम्म उत्कृष्ट फिल्म दर्शकमाझ पस्कन अहोरात्र खटाइमा छन्।

कर्ममा विश्वास राख्ने बाेगटी फिल्मको स्क्रिप्ट र निर्देशकीय पाटो बलियो हुनपर्ने तर्क राख्छन्। नेपाली सिने बजारमा वर्षमा एक सयको हाराहारीमा नेपाली फिल्म प्रदर्शनमा आउँछन्। तर ५ देखि ८ प्रतिशत फिल्मले मात्र लगानी सुरक्षित गर्ने यथार्थ पोख्दै उनी भन्छन्, ‘नेपाली फिल्म बजार स्क्रिप्टमा चुकेको छ।’

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

