काठमाडौं ,पुस २ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । सुनको मूल्य पछिल्ला दुई दिनदेखि निरन्तर बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । साेमबारको बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य निरन्तर दोस्रो दिन पनि स्थिर भएको छ । आज चाँदीको कारोबार आईतबार कायम मूल्यलाई नै आधार मानेर भएको छ। चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

