धनगढी, पुष ०२,
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज दिनभरिका लागि बन्द गरिएको छ ।
भारतको लखिमपुरी खिरीस्थित पलियामा आज भइरहेको उपनिर्वाचनलाई मध्यनजर गरेर दुई देशको सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। बिहान ६ बजेबाट बन्द गरिएको सीमा नाका बेलुका ६ बजे खुल्ने जनाइएको छ ।
पलियामा रहेको नगर परिषद्को रिक्त अध्यक्ष पदका लागि त्यहाँ उपनिर्वाचन भइरहेको बताइएको छ । निर्वाचन सकिएपछि सीमा नाका खुल्ने जोशीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

