Rashtriya Dainik

प्रथम सरावल औद्योगिक व्यापार मेलाको तयारी तीब्र

राष्ट्रिय दैनिक /नवलपरासी ,२ मंसिर

प्रथम सरावल कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक व्यापार मेलाकाे तयारी तिब्र पारिएको छ।

“कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ हुने मेलाको तयारीमा आयोजक संस्थाको टीम जुटेको हो ।

माघ १० देखि माघ २१ गते सम्म सरावल १ बासाचाेकमा प्रथम सरावल कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक व्यापार मेला सन्चालनका लागि हाेडिङ बाेर्ड सहित मेला स्थलमा माटो सम्याउने काम सहित फिल्ड निर्माणकाे काम सुरुवात गरिएको उद्योग बाणिज्य संघ सरावलकाे कार्यवाहक अध्यक्ष बिरेन्द्र यादवले बताउनुभएकाे छ।

आइतबार बाणिज्य संघ सरावलकाे बरिस्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष बिरेन्द्र यादवकाे नेतृत्वमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , रेडक्रस बालपुरी अध्यक्ष सन्जय माैर्य लगाएतकाे उपस्थितिमा हाेडिङ बाेर्ड सहित माटो सम्याउने काम तथा सरसफाइकाे काम सुरुवात गरिएको छ।

महोत्सवको तयारी तिब्रताकासाथ अघि बढाईएको उद्योग व्यापार संघ सरावलकाे कार्यवाहक अध्यक्ष यादवले बताउनुभयो।

मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शन, “मम्मी डान्स” प्रतियोगिता, टोल विकास संस्थाहरूबीच खेलकुद प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, बाल उद्यान र झुलाहरू राखिने संघका कार्यवाहक अध्यक्ष यादवले बताउनुभयो ।

मेलाले सरावलभित्रका उत्पादनहरूको बजारीकरण र भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मेलाबाट आएको आम्दानीको ५% स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने यादवले बताउनुभयो ।


मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता चप्पल, बैंक तथा बीमा कम्पनीहरू, महिला उद्यमीका उत्पादनहरू, र घरेलु उत्पादनहरूका स्टलहरु समावेश हुने कार्यवाहक अध्यक्ष यादवले राष्ट्रिय दैनिकलाई बताउनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित