Rashtriya Dainik

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको जानकारी दिएको हो।

निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित