Rashtriya Dainik

बाल शिक्षा निकेतन विद्यालयको दयनिय अवस्था:चिसो भुईमा बस्ने बाध्यता देखि आधारभूत सुविधाको अभाव

बिनोद निगम/ नवलपरासी,२७ मंसिर।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अवस्थित प्राय धेरै विद्यालयमा विद्यार्थी हरुले भुईमा बस्ने बाध्यता रहेका छन् भने खानेपानी शौचालयबाट समेत वञ्चित राखिएको छ ।

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा,स्वास्थ्य,पालनपोषण,उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएका देखि खानेपानी तथा शौचालयबाट समेत वञ्चित रहेको छन् ।

बाल शिक्षा निकेतन माध्यमिक विद्यालयमा करिब ६ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । त्यसै विद्यालयको अवस्था हेर्नु हो भने विद्यार्थीहरूलाई शुद्ध पानी व्यवस्थापन समेत हुनसकेको छैन; विद्यार्थीहरु चापाकलको आरसनिय युक्त पानी पिउने बाध्य भएका छन् ।  

विद्यालय परिसर भित्र चापाकलमा विद्युती लाइनद्वारा मोटर जोडान गरिएको छ भने चापाकल र मोटरमा छोइएको तारले करेन्ट पनि लाग्ने सम्भावना अधिक रहेको छ । केही महिना पहिला विद्यालयका सहयोगीलाई पनि चापाकलमा पानी पिउन जाँदा करेन्ट लागेको थियो। यस्तो सानो दुर्घटनाले गर्दा कुनै दिन ठूलो दुर्घटना हुन सक्ने सम्भावना देखिन्छ ।

यति मात्र होइन विद्यालयमा ६०० भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दैछन् र विद्यालयमा दुईटा चापाकल रहे पनि एउटा चापाकलमा पानी आउने अर्को चापकलमा पानी न आउने कारणले प्रयोग विहीन छ भने विद्यालयका प्रधानाध्यापक र व्यवस्थापक समितिले पटक्कै यस विषयमा ध्यान नदिएको अभिभावकहरूले गुनासो गरेका छन्।

विद्यालयमा १ कक्षा देखि २ कक्षा सम्म अध्ययनरत ५० जना बालबालिकाहरु अहिले चिसो भुइँमा बसेर पढ्न बाध्यता रहेको बाल शिक्षा निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनिल तिवारी बताउँछन्। त्यस्तै हेर्ने हो भने यस्ता समस्या समाधान गर्न गाउँपालिका सँग पटकपटक आग्रह गर्दा समेत ध्यान न दिइएको हुन ले समस्या समाधान हुन नसकेको तथा विद्यार्थीहरु भुइँ मै बस्न बाध्य भएका छन् ।

विद्यालयका शिक्षकले भने “फोहोर व्यवस्थापनमा सम्बन्धित निकायहरुले चासो नदिदाँ वर्षों देखि विद्यालयका शौचालय बन्द भई प्रयोग विहिन भएका कारण छात्रछात्रा, शिक्षक र शिक्षिकाहरु विद्यालयको कुनाकुप्चा र खुला ठाउँमा शौच गर्न बाध्य रहेको बताए।

६ सय भन्दा बढी विद्यार्थी र २० जना शिक्षक–शिक्षिका तथा कर्मचारीहरू रहेको यस विद्यालयमा विद्यार्थी र शिक्षक–शिक्षिका तथा कर्मचारी सङख्याको अनुपातमा शौचालयको सङख्या कम रहेको छ। छात्र र शिक्षकको तुलनामा छात्रा र शिक्षिकाहरू झन् बढी समस्यामा रहेको एक शिक्षकले बताए ।

आउने दिनहरुमा सम्बन्धित निकायले विशेष ध्यान दिँदै बालमैत्री शैक्षिक वातावरण सृजना,शौचालयको मर्मत, पानीको व्यवस्थापन,कक्षा कोठाको सुविधा,विषयगत शिक्षक व्यवस्थापन र सरसफाई आदिमा काम गर्न आवश्यक देखिन्छ। नभए आगामी हरुमा विद्यार्थी र शैक्षिक जगतमा ठूलै दुर्घटना हुनसक्ने सम्भावना रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित