कबिता परियार /रुपन्देही ,२६ मंसिर
सियारी गाउँपालिकामा पालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सियारी युवा संजालको आयोजना तथा मिजेरियर जर्मनी सियारी गाउपालिका सिडियम नेपालको आर्थिक सहयोगमा पालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा आठ विद्यालयलको सहभागिता रहेको थियो । प्रतियोगितामा शैक्षिक गृह सियारि ६ का छात्रा प्रीन्सु पौडेल प्रथम, संस्कार इंग्लिश बोर्डिगं स्कूल सियारि ४ का छात्रा संचिता बस्याल द्वितीय , सरस्वती ज्ञान निकेतन सियारि ५ का छात्रा अस्मिता थापा तृतीय र सिद्धार्थ मावि सियारि ६का छात्र दिनेश सुवेदि सान्त्वना भएका छ्न । प्रतियोगितामा बिजयी भएका छात्र छात्रालाई मेडल, प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो । निर्णायक भुमिकामा पिताम्बर पराजुली र विवेक पाेख्रेल रहनु भएको थियो ।

सिडियम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मीकाे अध्यक्षता तथा सियारि गाउँपालिकाको उपाध्यक्ष तारा थारुकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य सियारी गाउँपालिकाका अधिकृत सुधिर पौडेलले राख्नु भएको थियो । कार्यक्रम संचालन सिडिएम नेपालका साेसल माेभिलाईजेसन अफिसर दिपक क्षेत्रीले गर्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

