कृष्णनगर/ कपिलवस्तु,२५ मंसिर
नेपालका पूर्व सांसद अभिषेक प्रताप शाहले भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी रेलवे स्टेसन पुगेका रेल तथा खाद्य प्रशोधन राज्यमन्त्री रवनीतसिंह बिट्टुलाई नेपालमा राष्ट्रिय हतियारको रुपमा प्रसिद्ध खुकुरी उपहार दिएका छन् । उनले खुकुरी वीरताको प्रतीक भएको बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले नेपाललाई रेलमार्गले जोड्न भारत सरकारले पहल गर्नुपर्ने बताए । नेपालको राजधानी काठमाडौंसम्म रेलमार्ग बिछ्याउँदा बाबा विश्वनाथको नगर वाराणसीबाट बाबा पशुपतिनाथको सहर काठमाडौंसम्मका तीर्थयात्री हरूलाई सहज हुने र दुई देशबीचको रोटी बेटीको सम्बन्ध सम्बन्धलाई थप प्रगाढ हुने बताए ।
उनले नेपालमा रेलमार्ग बिछ्याउँदा भारतसँगको व्यापारिक गतिविधिमा पनि तिव्रता आउने र नेपाल प्रगतिको बाटोमा अघि बढ्ने बताए । उनले भारतका रेल र खाद्य प्रशोधन राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग यस दिशामा गम्भीर कदम चाल्न माग गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

