Rashtriya Dainik

सिमेन्टको मूल्य फेरि बढ्यो, ३० देखि ५० रुपैयाँ महंगियो

काठमाडौं ,२४ मंसिर । सिमेन्ट उत्पादकहरुले बजारमा पुनः सिमेन्टको मूल्य बढाएका छन्। निर्माणको सिजन सुरु भैरहेको बेला सिमेन्ट उत्पादकहरुले भने प्रति बोरा ३० देखि ५० रुपैयाँसम्म मूल्य बढाएका हुन्।

नेपाल निर्माण सामग्री व्यापार संघका अनुसार गत शुक्रबारदेखि लागू हुने गरी ओपिसी सिमेन्टमा प्रतिबोरा ३० रूपैयाँ र पिपिसी सिमेन्टमा प्रतिबोरा ५० रूपैयाँले मूल्य वृद्धि भएको हो।

एक महिनाको अवधिमा सिमेन्टमा डेढसय रूपैयाँभन्दा बढी मूल्यवृद्धि भइसकेको छ। कात्तिकदेखि सिमेन्ट उद्योगीहरुले आपसी सम्झदारीमा मूल्य बढाउदा निर्माणको लागत बढिरहेको भन्दै निर्माण व्यवसायी महासंघले विरोध गर्दै आएको छ।

यस अघि पिपिसी सिमेन्टको मूल्य काठमाडौंमा प्रतिबोरा पाँच सय रूपैयाँदेखि पाँच सय २५ रूपैयाँसम्म थियो। त्यस्तै, ओपिसी सिमेन्ट ६ सयदेखि ६ सय २५ रूपैयाँसम्म थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित