Rashtriya Dainik

एस.ई.ई. परीक्षालाई नतिजामुखी बनाउने उद्देश्यले त्रिवेणीमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

आरपी उपध्याय / नवलपरासी २३ मंसिर

जि ७ पश्चिम नवलपरासीको आयोजनामा आउदो एस.ई.ई. परीक्षालाई नतिजामुखी बनाउने उद्देश्यले एक दिने कार्यशाला गोष्ठी विनयी त्रिवेणी ६ स्थित होटेल ग्रेन्ड त्रिवेणीमा सम्पन्न भएको छ।
जि ७ पश्चिम नवलपरासीका संस्थापक सदस्य सन्तोष रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले विद्यालयहरुमा गुणस्तरीय शिक्षाको माध्यमबाट असल नतिजा ल्याउन सकिने विचार व्यक्त गर्दै अब आउने दिनहरुमा निजी विद्यालयहरु लाई पनि स्थानीय सरकारले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्ष रौनियारले विद्यार्थीहरु मनले मात्र नभई बलियो इच्छाशक्तिका साथ लगनशील भइ अध्ययन गरिएमा राम्रो परिणाम ल्याउन सकिने धारणा राख्नुभएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष उमेश कार्की, प्याब्सन पश्चिम नवलपरासीका सल्लाहकार इन्द्र गुरुङ लगायतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो।
एक दिने कार्यशाला गोष्ठीमा ब्लुमिङ्ग बड्स इङ्गलिस बोर्डिङ्ग स्कुल विनयी त्रिवेणी ६, लिटिल इङ्गलिस बोर्डिङ्ग स्कुल रुपौलिया,बेलाटारी चिल्ड्रेन्स इङ्गलिस स्कुल,ज्ञान कुन्ज इङ्गलिस बोर्डिङ्ग स्कुल पालडाँडा लगायत विद्यालयको छात्रछात्राहरुले कार्यक्रममा भाग लिएका थिए।
एक दिने कार्याशाला गोष्ठीमा १५० छात्रछात्राहरुको सहभागिता रहेको आयोजकले बताएको छ।
ब्लुमिङ्ग बड्स इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल संजय ढुंगानाको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई यज्ञ प्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित