रंजीत शर्मा/ नवलपरासी २३ मंसिर।
“हाम्रो अधिकार,हाम्रो भविष्य अहिले” भन्ने मुल नाराका साथ ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बुटवलको आयोजना तथा मानव अधिकार सञ्जाल नवलपरासीको समन्वयमा रामग्राम नगरपालिकाको सभाहल लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था र राज्यको दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सहभागीहरुले मानव अधिकारका रक्षक नै भक्षक भएको आरोप समेत लगाएका छन्।
राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम सहभागीहरुले मानव अधिकारका रक्षक नै भक्षक भएको आरोप लगाउँदै यस विषयमा मानव अधिकार आयोग गम्भीर हुन आग्रह गरेका छन्। कार्यक्रममा सहभागीहरुले शिक्षा दिने सरकारी विद्यालयहरुले विभिन्न वाहनको नाम शुल्क लिँदै गरेको यसबाट मानवको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अधिकार हनन् भएको बताएका छन्।

सहभागीहरुले नागरिकको शिक्षा, स्वास्थ्य,खानेपानी , यातायात ,पर्यटन तथा व्यापारमा राज्य ध्यान न दिएको आरोप लगाएका छन्। नागरिकले स्वास्थ्य रूपमा बाँच्न पाउने अधिकार, स्वस्छ हावा पानीको अधिकार यहाँ उद्योगहरुले हनन् गरिएको यसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकार मौन भएको आरोप लागेका छन्।
स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी, प्रहरी कार्यालय आदिले नागरिकलाई मन लाग्दी दुःख दिँदै आएको हुनाले रक्षक नै भक्षक भएको तर्क दिएका छन्।
कार्यक्रममा बाेल्दै नगर प्रमुख यादवले मानव अधिकार रक्षाको लागि आफूले लागि परेको बताएका छन् । उनले भने आफ्ना मातहत रहेका सम्पूर्ण निकायलाई सेवा प्रवाहमा कुनै कसर न राख्न निर्देशन दिएको छु तथा केही कानुनी अणचन का कारण सोचेको काम समेत पुरा गर्न नसकेको बताए।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उप-प्रमुख सम्झना चाैधरी,भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,नेपाल रेडक्रस नवलपरासी शाखा अध्यक्ष राजेन्द्र अग्रहरी, युवा अभियान्ता रवि पाण्डे , उपभोक्ता हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष सरस्वती शर्मा, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार,एमनेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासी का सह-संयाेजक एवम् पत्रकार उमेश बि.क लगाएतले आफ्नो मन्तब्य राखेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

