संजय कुशवाहा / नवलपरासी २३ मंसिर
शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सुर्यपुरामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । 
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले संस्थाको उन्नति र प्रगतिको कमना गर्दै यो सहकारी नेतृत्वको कारण र सेयर धनीको धैर्यता र ईमान्दारिताको कारण यो शुभेच्छा बचत तथा ऋण सहकारी अगाडि बढी राखेको छ जुन हाम्रो गर्भको विषय हो । सहकारी पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसा बचत गर्ने बानीको विकास गर्नु पर्छ र वहाले सहकारीको उचित मुल्यांकन अनुसार आफु सदैव सहयोग गरिरहने बताए । साथै यो देश र यो क्षेत्रको स्वाभिमानको लागि यो क्षेत्रको उन्नति र विकासको लागि आफु सदैव लागि रहने छु बताउनुभयो ।
संस्थाका अध्यक्ष एवं सभाका सभापति भगवन्त प्रसाद धवलले प्रगति प्रतिवेदन पेस गर्दै शुभेच्छा बचत तथा ऋण सहकारी संस्थालाई सबल र सक्षम संस्थाको रूपमा निर्माण गरि सेयर सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रूपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायिकरण गर्ने उद्देश्यका साथ संस्थालाई अगाडि बढाएको बताए । संस्थाले युवा स्वरोजगार, कृषि, व्यापार, वैदेशिक रोजगार र पशुपालन,बाख्रा पालन,ब्युटी पार्लर र साना उद्योग जस्ता उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानीलाई निरन्तरता दिदै जानेमा जोड दिए ।
उक्त सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरूलाई दिदै आएको क्रिया खर्च र सुत्केरी स्याहार खर्च यो वर्ष पनि निरन्तरता दिइने बताए । त्यस्तै सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष बलवन्त कुर्मीले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए साथै संस्थाले सामाजिक दायित्व पूरा गर्दै गत वर्ष जस्तै यसवर्ष पनि नि:शुल्क अाँखा शिविर सञ्चालन गर्ने र प्रतापपुर गाँउपालिकाको विभिन्न ६ ठाँउमा बस्ने बेञ्च राखेको कुरा जानकारी दिए । सभामा कोषाध्यक्ष कुर्मीले आ.व. ०८०/८१ को आर्थिक प्रतिवेदन र ०८१/८२ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए । शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले हाल सम्ममा ३२ करोड ४० लाख २३ हजार ३ सय ८३ रूपैयाँ १३ पैसाको कुल कारोबार गरेर १ करोड १ लाख ४६ हजार ९ सय २९ रूपैयाँ ३० पैसा शुद्ध नाफा कमाएको छ । हालसम्म उक्त सहकारीमा ५ हजार १ सय ६७ जना शेयर सदस्य रहेको व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिए ।
सो कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव , वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ, नेफ्स्कुन शाखा कार्यालय भूमहीका शाखा प्रमुख नेत्र प्रसाद सापकोटा , मितेरी सहकारी संस्थाका सचिव प्रकाश पण्डित लगायतले शुभकामना मन्तव्य तथा संस्थाको उपाध्यक्ष अभिनन्दन सिंहले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गर्नु भएको थियोे l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

