Rashtriya Dainik

बाल्मिकी आश्रम परिसरमा सफाइ तथा पुजापाठ

आरपि उपाध्याय / नवलपरासी ,२१ मंसिर

विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर बाल्मिकी आश्रम (चितवन) ले विवाह पन्चमीको अवसरमा मन्दिर सफाइ एवं भव्य पुजापाठ सहितको कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
चितवनको विकट स्थानको रुपमा परिचित बाल्मिकी आश्रम जगत जननी सीता माताको धर्ती प्रवेश स्थलको रुपमा पहिचान बनाएको मन्दिर परिसरमा समितीका पदाधिकारी सहित ठूलो सङ्ख्यामा उपस्थित भक्तजनहरुले सामुहिक रुपमा पुजन सहित मन्दिरमा रहेको मुर्ति र वस्त्र सफाइ कार्यक्रम गरिएको समितीको अध्यक्ष शालिग्राम उपाध्यायले जानकारी दिनुभएको छ।
चितवन माणी नगरपालिका १ मा पर्ने बाल्मिकी आश्रममा महर्षी बाल्मिकी ऋषिको तपोभुमी,सीता माताको आश्रय स्थल सहित धर्ती प्रवेश तथा मर्यादा पुरुषोत्तम भगवान राम पुत्र लवकुशको जन्मस्थलको रुपमा परिचित धार्मिक स्थान रहेको छ।


बाल्मिकी आश्रममा सुर्खेत निवासी धार्मिक व्यक्तित्व गंगा प्रसाद सुवेदीले २०५५ सालदेखि नै सीता माताको धर्ती प्रवेश स्थलमा मन्दिरको पुर्वाधार तयार पारी पुजा सहितको धार्मिक गतिविधि गर्दै आएको समितीले बताएको छ।
सीता माताको धर्ती प्रवेश सहित त्रेता युगसम्म जोडिएको धार्मिक आस्थालाई हालको समयमा पनि हिन्दु धर्मावलम्बीहरुले पालन गर्दै आएको पनि पाइएको छ।
विवाह पन्चमी शुक्रबारको दिन बिहान १० बजेको समयमा आश्रम पुगेको मन्दिर व्यवस्थापन समितीद्वारा गरिएको साफाइ एवं पुजन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्रहरी चौकी बाल्मिकी आश्रमले सहयोग गरेको पनि समितीले जनाएको छ।
बाल्मिकी आश्रम पुग्न नेपाली भक्तजनहरु नारायणी नदीमा डुङ्गाद्वारा नदी पार गरि आश्रम जानुपर्ने बाध्यता रहदै आएको छ भने केही भक्तजनहरु विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज पार गरि भारतीय भुमि हुँदै जानुपर्ने अवस्थाले आश्रम पुग्न निकै कठिनाइको सामना गर्नु परेको समेत भक्तजनहरुले बताउदै आएका छन।


नेपाल भुमिबाट बाल्मिकी आश्रम आवतजावत गर्न नेपाल सरकारबाट झोलुङ्गे पुल निर्माण गरिए पनि चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताले उक्त मार्ग प्राय बन्द नै छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित