Rashtriya Dainik

महिला उद्यमीलाई आर्थिक सहयोग प्रदान

दुम्किबास,२१ मंसिर
विनयी त्रिवेणी गाउँपालिका वडा नं.१, दुम्किबास, नवलपुरासी पूर्वमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अन्र्तराष्ट्रिय अभियानको अवसरमा शुक्रबार अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विनयी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष रेखा अधिकारिको अध्यक्षता र विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष बैदवारले लैङ्गिक हिंसा अन्त्यका लागि सशक्तिकरण आवश्यक रहेको बताउदै सशक्तिकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोडदिनुभयो ।
विनयी त्रिवेणी गाउपालिका वडा नं.२ का अध्यक्ष पुष्पा आलेले हिंसा पिडित महिला, पुरुष र अन्यले हिंसाबारे जानकारी प्राप्त गरि हिंसा विरुद्ध आवाज नउठाएसम्म न्याय प्राप्त गर्न नसकिने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरिक्षक राजन प्रसाद तिमिल्सीनाले हिंसा विरुद्ध उजुरी गर्नेको संख्या न्यून रहेको बताउदै उजुरी गरेकाहरुले न्याय पाउनेमा विश्वस्त हुन अनुरोध गर्नुभयो ।
संस्थाका अध्यक्ष अधिकारीले लैङ्गिक हिंसा अन्त्यका लागि वर्षभरि नै अभियान सञ्चालन गर्न आवश्यक रहेको दाबी गर्दै हिंसा पिडित, पिडक र सरोकारवालाहरुलाई अभियानमा सहभागी बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा लैङ्गिक हिंसा, यसको कारण र असर, कानुनी व्यवस्था, लागु औषधका विषयमा शान्ति बि.क.र राजन प्रसाद तिमिल्सीनाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका ५ जना सदस्य (उद्यमी महिला) लाई उद्यम विस्तारमा सहयोग पु¥याउने उद्देश्यले जनही ५ हजार रुपैयाका दरले आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।
जसमा  विष्णु बि.क., तिल कुमारी कुमाल, गिता राना, जमुना बुढाथोकी, मनमाया थापा रहनुभएको छ ।
संस्थाका उपाध्यक्ष शारदा भण्डारी खनालको स्वागत र सचिव लक्ष्मी पुलामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित