Rashtriya Dainik

सुस्ता गाउँपालिकामा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वयंसेवीका दिवस मनाइयो

आरपी उपध्याय / नवलपरासी २१ मंसिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वयंसेवीका दिवस २०८१ एक कार्यक्रमका साथ मनाइएको छ।
सुस्ता गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मनाइएको स्वयंसेवीका दिवसमा गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेवीका सहित जनप्रतिनिधि र पालिका अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।


गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा दिवस सम्पन्न भएको हो। सो अवसरमा अध्यक्ष उपाध्यायले सुस्ता गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेवीकाहरुले गर्नुभएको योगदान प्रशंसनिय रहेको बताउदै स्वयंसेवीकाहरुले विगतको तुलनामा वर्तमान समयमा पालिकाले सम्मान सहितको सुविधा दिदै आएको र आउदो समयमा पनि सेवाको उच्च मुल्यांकन गरिने जिकिर गर्नुभयो ।
सुस्ता गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको चर्चा गर्दै उपाध्यायले ढिला सुस्ती गर्ने र ठिक समयमा कार्यालय नपुग्ने जो कोही कर्मचारीलाई पनि अल्छीको संज्ञा दिने पनि धारणा राख्नुभयो।
कार्यक्रममा पालिका उपाध्यक्ष गितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराई, महिला स्वास्थ्य स्वयंसेवीका गोपा पाण्डे, पत्रकार आर.पि. उपाध्याय लगायतले स्वास्थ्य सेवाको क्षेत्रमा भएको प्रगतिबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा सुस्ता गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो।
सो अवसरमा सुस्ता गाउँपालिका अन्तर्गत वडागत रुपमा स्वयंसेवीकाहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकोमा सुस्ता ५ पक्लिहवाको महिला समूह प्रथम, सुस्ता २ कुडियाको महिला समूह द्वितिय र रुपौलियाको महिला समूह तृतीय भएको कार्यक्रम सञ्चालक भागिरथी पालले जानकारी दिनुभएको छ।
बिहीबार नै मध्याह्नको समयमा सुस्ता गाउँपालिका कार्यालयमा आइपुग्नु भएका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले पालिका अध्यक्ष, उपाध्यक्ष सहित जनप्रतिनिधिहरु संग भेटघाट गर्नुभएको छ।
सो अवसरमा मन्त्री कलवारले सुस्ता गाउँपालिकामा विकास निर्माण तथा वातावरण सम्बन्धि विषयमा छलफल गर्नुभएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित