Rashtriya Dainik

कथानक चलचित्र पापी मन यूट्यूब मार्फत सार्वजनिक हुँदै

काठमाडाैं । पिबी ईन्टरन्टमेन्ट मार्फत प्रेम बस्यालकाे निर्देशनमा बनेकाे नेपाली कथानक चलचित्र पापी मान अब युट्यूब  मार्फत  सार्वजनिक हुने भएको छ ।
करिब ३ बर्षसम्म भारतको मुम्बईमा बसेर अभिनयसँगै स्क्रिप्ट लेखन, चलचित्र निर्देशक भएको प्रेम बस्यालको कथा, पटकथा, निर्देशक सम्बाद रहेको छ ।

नेपाली संस्कृतिक झल्किएको यस चलचित्रमा बुवा आमाको झै झगडाबाट छोरा छोरीमा कस्तो प्रभाव पर्छ भन्ने कुरा दशाईएको छ ।

यस कथानक चलचित्रको गीत लेखन गिनिजबुकधारी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रहेको छ ।
साथै क्यामेराम्यान राहुल कोइराला तथा श्रृगांरा बिमला सापकोटा, द्धन्द निर्देशक राजुकिरातीको रहेको छ । कलर एवम् सम्पादन नरोत्तम पाण्डेले गरेका छन् ।

यस चलचित्रमा जीवन थापा, सोनी कडेल, राजन श्रेष्ठ, मनोज राई, मनिकुमार राई, नविन श्रेष्ठ, अन्जली खडगी, दुर्गा योगी, विपना योगी, सरिता कार्की, सुमी अधिकारी, उमा चामलिंग राई रोशन बान्तवा राईको लगायतको अभिनय रहेको छ । साथै यस चलचित्रको चर्चित गायिका मेलिना राई, विक्रम चामलिङ्ग तथा संगित राम कार्कीको रहेको छ ।

https://youtu.be/A7qwTjLS6uQ?si=uCDc68kNM269oNBl

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित