Rashtriya Dainik

पाल्हीनन्दन स्वास्थ्य स्वयंसेविकाहरुको समिक्षा

नवलपरासी , १९ मंसिर ।

नवलपरासीको पाल्हीनन्दनमा महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुको समिक्षा गोष्ठी संचालन भएको छ ।

पाल्हीनन्दन गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त समिक्षा गोष्ठी शुरु भएको हो ।

समिक्षा गोष्ठी स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीको प्रमुख आतिथ्यतामा शुरु भएको हो । गोष्ठीमा गाउँपालिकाको ६ वटै वडा रहेका महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्य चौकीका प्रतिनिधिहरु र स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गोष्ठी कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीले यस कार्यालयबाट स्वास्थ्य क्षेत्रमा प्रदान गर्ने सेवाहरुमा महिला स्वास्थ्य स्वयसेविकाहरुको ठुलो योगदान रहेको जिकिर गर्दै यि सेवा प्रभावकारी र गुणस्तरीय बनाउन अझै मिहिनेत गर्नु पर्ने आवश्यकता रहेको जिकिर गर्नु भयो । उहाँले अहिलसम्म गरिएको कामको समिक्षा गर्ने र आगामी दिनमा प्रभावकारी सेवा छिटो छरिता कसरी दिने यो विषयमा पनि सोचन पनि जरुरी रहेको बताउनु भयो ।

आज र भोली दुई दिन संचालनमा रहने यस गोष्ठीमा ५ महिनादेखि गर्दै आइएको कामहरुको समिक्षा र मुल्याङ्कन गरिने छ भने आगामी दिनमा गुणस्तरीइ सेवा कसरी प्रदान गरिने सो विषयमा पनि छलफल गरिने जनाइएको छ । गोष्ठीमा गर्भवति सेवा, खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन कार्यक्रमको प्रभावकारिताका बारेमा समिक्षा गरिने स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जानकारी दिनु भयो ।

गोष्ठीमा घरमा जन्मेको शिशुको अवस्था, आमा र नवजात शिशुको अवस्था, शिशु स्यहार कार्यक्रम लगायतको यस कार्यालयबाट प्रदान गर्ने सेवाहरुको बारेमा समिक्षा गरि यि सेवाहरुलाई थप प्रभावकारी बनाउन कसरी अगाडी बढने समेतको योजना निर्माण गर्ने गुप्ताले जानकारी दिनु भयो । गोष्ठीमा सहभागी महिला स्वयंसेविकाहरुलाई नयाँ व्यवस्था र विषयहरुमा जानकारी गराउदै विभिन्न सुचकहरुको विषयमा छलफल हुने छ भने कार्यक्रमको प्रभावकारिता र सि तथा क्षमता विकासका कार्यहरु गरिने छ । त्यस्तै सुचकहरु भर्ने र मुल्याङ्कन र रिपोर्टिङ्ग गर्ने तरिकाहरु सिकाईने उहाँले जानकारी दिनु भयो । गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता, पाल्हीनन्दन प्रेस क्लबका अध्यक्ष हुसैन अंसारी, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित