Rashtriya Dainik

पशु बाँझोपन निवारणका लागि डोर टु डोर कार्यक्रम

नवलपरासी , १९ मंसिर ।

पश्चिम नवलपरासीका गाईभंैसीमा बाँझोपनको उपचार सेवा प्रदान गर्ने उद्देश्यले डोर टु डोर कार्यक्रम शुरु गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको समन्वयमा सुनवल नगरपालिकाको वडा १२ मा यस डोर टु डोर कार्यक्रमको एक औपचारिक कार्यक्रम बिच सुभारम्भ गरिएको हो ।


विज्ञकेन्द्र प्रमुख मत्स्य विकास निर्देशक श्रवण कुमार चौधरीको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।
यस कार्यक्रममा पशु चिकित्सकहरुले औषधी र उपचार गर्ने सामाग्रीहरु बोकेर गाईभंैसी फर्म तथा पशुपालक किसानहरुको दैलोमै गई पशु उपचार सेवा प्रदान गरिरहेकोे विज्ञकेन्द्रकि पशु चिकित्सक डाक्टर बिभुती सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार गाईभंैसीमा देखिने बाँझोपन, गाईभंैसी गर्भवति नहुने, गाईभंैसीको पाठेघरको समस्या लगायतका विभिन्न रोगहरुको उपचार गर्ने र औषधीहरु वितरण गर्ने जस्तो कार्यहरु गरिन्छ । यस सुनवल नगरपालिकाको विभिन्न वडाहरुमा गरि ५० गाईभंैसीहरुको बाँझोपन निवरण सेवा प्रदान गर्ने विज्ञकेन्द्रको लक्ष्य रहेको छ ।

मंसिर १९ र २० गते संचालन रहने यस डोर टु डोर कार्याक्रममा पशु रोग अन्वेषण कार्यालयका प्रमुख डाक्टर भरत काफले, विज्ञकेन्द्रको पशु चिकित्सक डाक्टर विभुती सिंह, पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्रा, पशु प्राविधिक जय नेपाल सुनवल पशु शाखाका प्राविधिक मिश्री प्रसाद खडका लगायतको प्राविधिक टोलीले उक्त उपचार सेवा प्रदान गर्ने र किसानहरुलाई पशुहरुको हेरचाहमा कसरी ध्यान दिने भन्ने विषयमा समेत सचेतना गराई रहेको विज्ञकेन्द्रका पशुसेवा अधिकृत सुरेश प्रसाद मिश्राले जानकारी दिनु भयो ।

डोर टु डोर कार्यक्रमको सुभारम्भ कार्यक्रममा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालले पशुपालक किसानहरु दुग्ध उत्पादनमा जोड दिन आग्रह गर्दै पशुपालन कार्यलाई प्रवद्र्धन गर्न आकर्षित बजेट र कार्यक्रमहरुको व्यवस्था मिलाउन प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रममा विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले पशुहरुमा देखिने रोगहरुको उपचार गर्न, औषधी वितरण गर्न र पशुपालनमा ध्यान दिनु पर्ने ज्ञानका कुराहरु किसानहरुलाई बताउदै कार्यालयबाट प्रदान गर्ने सेवा र सचेतनाका बारेमा जानकारी दिनु भयो ।

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य निर्देशनालय रुपन्देहीका प्रमुख डाक्टर प्रवेश सिंह कुँवर, पशुरोग अन्वेषणका प्रमुख डाक्टर भरत काफले, सुनवल १२का अध्यक्ष चुडामणि पौडेल, भुमही दुग्ध उत्पादक सहकारी अध्यक्ष भुपराज भट्टराई लगायतले यस कार्यक्रमबाट बढिभन्दा बढि किसानहरुले लाभ लिन आग्रह गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित