रबिन्द्र यादव / पश्चिम नवलपरासी
१९ मंसिर
अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँएको हो ।
सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् ।

यसैगरी नवलपरासीमा ३३ औं अन्तर्राष्ट्रिय अपांग दिवसको दिन बैवाहिक अपांगता जोडीलाई सम्मान गरिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिक वडा नम्बर ७ को गुठी सुर्यपुरा बजारको धर्मशालामा एक कार्यक्रमको आयोजना गरि दुई नव बिवाहित जोडीलाई सम्मान गरिएको हो । जन जागृति अपांग संस्था गुठी परसौनीको आयोजनमा उक्त जोडीलाई सम्मान तथा कम्बल वितरण गरिएको हो ।

नव विवाहित जोडीलाई सम्मान तथा कम्बल वितरण कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडा अध्यक्ष हरेन्द्र यादव र विशेष अतिथि जनता प्रगतिशील पार्टीका युवा नेता तथा समाजसेवी राजेश प्रसाद चौधरीले गरेका हुन । जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय संयोजक एवम् पुर्व मन्त्री हृदयेश त्रिपाठीको आर्थिक ,राजेन्द्र प्रसाद चौधरी र रोहन मेहर श्रेष्ठको ३०० सय पिस कम्बल सहयोग तथा प्रतापपुर गाउँपालिका वडा नं ७ को वडा कार्यालयको समन्वय रहेको आयोजक संस्थाका अध्यक्ष बच्चा राजभरले जानकारी दिए ।

यसैगरी कार्यक्रममा जनता प्रगतिशील पार्टीका क्षेत्रिय अध्यक्ष रामपृत यादव,वडा नं २ का वडा अध्यक्ष रामनरेश यादव,वडा नं ४ का वडा अध्यक्ष जन्त्री प्रसाद बरई,प्रतापपुर आयुर्वेद शाखा प्रमुख दिनबन्धु मिश्रा,प्रतापपुर गाउँपालिका पुर्व कार्यवाहक अध्यक्ष अंजु कुमारी चौधरी,वडा नं ९ का पुर्व वडा अध्यक्ष हेमेन्द्र पंजियार(मनोज),त्रिभुवन क्याम्पस बेलाटारीका अध्यक्ष अमुल पाण्डे, अलिहास अन्सारी लगायत सयौं जनाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

