रंजीत शर्मा /नवलपरासी, १७ मंसिर
“समावेशी तथा दिगो भबिस्यको पूर्वाधार; अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्हीनन्दनमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा युएमएन नवलपरासी क्लस्टर,अस्ट्रेलियन ऐड,ट्रान्सफर्म ऐड र
सुनवल सामुदायिक विकास केन्द्रको समन्वयमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को अध्यक्षता तथा पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो।
पाल्हीनन्दन गाउँपालिकाको समन्वय, युएमएन नवलपरासी क्लस्टरको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित अपाङ्गता समावेशी विकास परियोजना अन्तरगत ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी विगत ७ दिने देखि पाल्हीनन्दन गाउँपालिकाको वार्ड नं १ देखि ६ सम्म अपाङ्गता भएका ब्यक्तिहरुका लागि तातो आलु खेलकुद लगाएको कार्यक्रम गरिएको थियो भने तातो आलु खेलकुद कार्यक्रम र आजको कार्यक्रममा संदेशमुलक नाटक प्रर्दशन गरेका सहभागी गरी दुवैमा प्रथम,द्वितीय,तृतीय र सान्तवना स्थान आउने सहभागीहरुलाई आज पुरस्कार वितरण समेत गरिएको परियोजनाको सामाजिक परिचालक रंगीता शर्माले बताइन्।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि गुप्ताले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अपाङ्गता भएका व्यक्तिको सुख-दुख र अन्य समस्याको बारेमा छलफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले पहिलेबाट नै पाल्हीनन्दन गाउँपालिकामा रहेका पुर्ण रुपमा अशक्त भएका ब्यक्ति लाई अपाङ्ग भत्ता प्रदान गर्दै आएको बताउदै पालिकाले सधै आफ्नो अभिभावकत्व प्रदान गर्न बताए। शारीरिक रूपमा अपाङ्ग भए भन्दैमा निरास नहुन र आफू सक्षम छु भन्दै व्यवसायमा जोडिन आग्रह गर्दै उनले अपाङ्ग भएका व्यक्तिले पनि आफूमा भएको क्षमता र बुद्धिको प्रयोग गर्न यो परियोजनाले सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष अन्सारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि हरेक बर्ष विभिन्न कार्यक्रमहरू आयोजना यस संस्था मार्फत गरिरहेको बताइन। उनले हरेक डिसेम्बर ३ मा अपांङ्गता दिवस मनाईने र लक्षित वर्गलाई प्रभाव पर्ने गरि यसलाई निरन्तरता दिने उनले बताइन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी, वडा नं १, ३, र ५ का वडा अध्यक्ष क्रमश चुलाई यादव, गोधन हरिजन,दयाशंकर त्रिपाठी, सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी,परियोजना संयोजक श्याम सुन्दर ढुंगाना, महिला तथा बालबालिका शाखा प्रमुख सुमन गुप्ता लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सामाजिक परिचालक गृजेश शर्माले गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

