Rashtriya Dainik

सुनवल महोत्सवको सातौं दिन सम्म करिब ५ करोडको कारोबार

अमृता सुनार/ नवलपरासी ,१८ मंसिर

उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको चौथो सुनवल महोत्सवको आज सातौं दिन दर्शकको उल्लेख्य उपस्थित रहेको छ । महोत्सवमा लघु उद्यमी , स्थानीय उत्पादन, कृषि, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी १ सय ५८ वटा स्टलहरु रहने छ भने १२ भन्दा बढी होटलहरुको स्टल रहेको छ ।

स्थानीय ब्यापार व्यवसाय तथा उत्पादनलाई प्राथमिकता दिई संचालन गरिएको महोत्सवले अर्थतन्त्र चलायमान हुने आयोजक उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले बताउनुभयो ।

महोत्सवको सातौ दिन सम्म करिब ५ करोडको कारोबार भएको संघका वरिष्ठ उपाध्यक्ष तथा आर्थिक समिती संयोजक लेखनाथ खरेलले जानकारी दिनुभयो । सबै भन्दा बढी न्यानो कपडाहरुको स्टलहरुमा कारोवार भएको छ । त्यस्तै बाल उद्यान र सस्कृतिक कार्यक्रममा दर्शकको चाप अध्याधिक रहेको संघका महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।

महोत्सवमा गुरुङ, मगर, थारु लगायत जातजातिका परम्परागत रुपमा बनेका घर र खानाका परिकारहरु मेला अवलोकनकर्ताको रोजाईमा पर्ने गरेको संघका सचिव तुल्सीराम तिवारीले बताउनुभयो ।

महोत्सवको प्रत्येक दिन रास्ट्रीय चर्चित कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई थप संगीतिक, मनोरञ्जनात्मक र आकर्षक बनाएको छ । महोत्सव संचालन अवधी भर रास्ट्रीय र स्थानिय कलाकारहरूको प्रस्तुती रहने सस्कृतिक समिती संयोजक रमेश पराजुलीले बताउनुभयो ।

“कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नती“ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव मंसिर २४ गते सम्म संचालन हुने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित