Rashtriya Dainik

निलगाईले हान्दा सुनवलमा दुई जना घाईते

बिनोद निगम / नवलपरासी ,१७ मंसिर

पश्चिम नवलपरासीको सुनवलमा जङ्गली निलगाईले हान्दा दुईजना मानिस घाइते भएका छन् ।

सोमबार दिउँसो करिब ४ बजेको समयमा सुनवल नगरपालिका ६ विसासय स्थित भित्री सडक खण्डमा बाटोमा हिडिरहेको अवस्थामा अचानक जंगलबाट निलगाई आई मानिसलाई हान्दा घाइते भएका हुन् ।

घाइते भएका सुनवल-६ विसासय बस्ने बर्ष ६० को शेषनाथ कुवरको दुबै खुट्टमा चोट लागेको हो र सोही वाड ६ पुलटोल बस्ने बर्ष ६५ को राम बहादुर खातीको हात र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरुलाई उपचारको लागिदुबै जनालाइ लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनीहरूकोअवस्था मध्यम,उपचारमा आफन्तलाई जिम्मा लगाइएको छ भने निलगाई जंगलतर्फ भागेको भन्ने जानकारी आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित