Rashtriya Dainik

पशुसेवा प्रभावकारी बनाउन स्थानिय तहका प्राविधिकहरु संग अन्तरक्रिया

नवलपरासी , १७ मंसिर ।

पश्चिम नवलपरासीमा स्थानिय तहका पशु प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीको आयोजना तथा विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास निर्देशक श्रवण कुमार चौधरीको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम विज्ञकेन्द्रको सभाहलमा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्लाको ७ वटै पालिकाको पशुपंक्षी विकास शाखाबाट प्राविधिकहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले कार्यालयबाट प्रदान हुने सेवा र पालिकाहरुको समन्वयमा संचालित साझेदार कार्यक्रमहरुको बारेमा जानकारी दिदै आफनो प्रस्तुतीकरण गर्नु भएको थियो । प्रमुख चौधरीले आफनो प्रस्तुतीकरणमा पशुपंक्षी तथा मत्स्य क्षेत्रमा देखिने समस्या र सोको उपचार तथा सुधारका पक्षलाई कसरी बलिया र भरपर्दाे बनाउने विषयमा निकै चर्चा गर्नु भएको थियो । कार्यक्रममा पशुहरुमा लाग्ने रानीखेत, खोरेत, लम्फी, बर्ड फ्लु, स्वाईन फ्लु, लगायतका रोगहरु र सोको निदानका लागि कार्यालयले गरिरहेको पहल र उपचारका बारेमा समेत जानकारी गराउदै सेवालाई थप प्रभावकारी बनाउन अगामी दिनमा कसरी योजना बनाएर जाने विषयमा पनि छलफल गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा पशु रोग अन्वेषण कार्यालय नवलपरासीका प्रमुख डाक्टर भरत काफलेले पनि पशुपंक्षीमा देखा पर्ने रोगहरु र सोको पहिचान तथा परिक्षणका लागि हरपल कार्यालय तयार रहेको जिकिर गर्दै उपचारमा समेत भरपुर सहयोग रहने जानकारी दिनु भयो । पशुपालक किसानहरुको पशुहरुमा कुनै रोगहरु देखिनसाथ रोग फैलिन नदिन र पशुहरुको उपचारका लागि यि सम्बन्धित कार्यालयहरु संग समन्वय सहकार्य गरि अगाडी बढन स्थानिय तहमा कार्यरत पशु प्राविधिकहरुलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा भेटेरिनरी अस्पतालका पशु चिकित्सक डाक्टर विभुती सिंहले यस कार्यालयबाट नियमित रुपमा भेक्सिन तथा उपचार सेवा प्रदान भैरहेको जानकारी दिदै कार्यालयबाट संचालित डोर टु डोर, विभिन्न पशु स्वास्थ्य शिविर र भेक्सिनेशनको कार्यक्रम समेतमा सघाउन सहभागीहरुमा आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा विज्ञकेन्द्रका पशुसेवा अधिकृत सुरेश प्रसाद मिश्रा, विज्ञकेन्द्रकै प्राविधिक सहायक निर्मला गिरी लगायतले मन्तब्य राख्दै कार्यालयको कार्यक्रम तथा योनजाहरुमा हातेमालो गरि अगाडी बढने प्राविधिकहरुलाई आग्रह गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा ७ वटै पालिकाको गरि दुई दर्जन बढि प्राविधिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी प्राविधिकहरुले आ–आफनो पालिकाको पशु शाखाबाट संचालित कार्यक्रमहरुको जानकारी दिदै विज्ञकेन्द्र संग प्राविधिक सहयोगको अपेक्षा राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित