Rashtriya Dainik

विजय लघुवित्तको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ मंसिर

विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाल्हिनन्दन ३ बेलासपुरकाे आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

अनुगम अधिकृत दिपेन्द्र प्रसाद चाैधरीकाे अध्यक्षता तथा पृथ्वीचन्द्र अस्पताल परासीका ब्यवस्थापन समिति अध्यक्ष महेन्द्र प्रसाद गुप्ताकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

पाल्हिनन्दन ३ वडा सदस्य अमरनाथ बर्मा ,जणावति लाेनिया लगाएतकाे बिशेष सहभागीता रहेको थियो ।

विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाल्हिनन्दन ३ बेलासपुर शाखाका प्रमुख निर्पश चाैधरीले विषयवस्तुमाथि प्रकाश पार्नुभएकाे थियोे ।

साे साक्षरता कार्यक्रमकाे सहजिकरण विजय लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय प्रतिनिधि एवं अनुगमन अधिकृत दिपेन्द्र प्रसाद चाैधरीले सन्चालन गर्नुभएको हाे ।

कार्यक्रममा महिलाहरुकाे सक्रिय सहभागीता रहेको हृदयेश गुप्ताले जानकारी दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित