Rashtriya Dainik

ब्राउन सुगर सहित एकजना पक्राउ

बिनोद निगम / नवलपरासी,१७ मंसिर

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका पचगांवाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं. १२ पचगांवा बस्ने वर्ष ३५ को दिपेन्द्र चौधरीले रहेको प्रहरीले बताएको छ ।

चौधरीको आफ्नै घरबाट लागुऔषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा दिपेन्द्र चौधरीको घरको खानतलासी गर्दा निज सुत्ने कोठाभित्र सिरानी मुनी कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा १५ पुरिया नखोलेको र १ पुरिया खुला रहेको लागु औषध ब्राउन सुगर (खैरो हेरोईण) जस्तो पदार्थ प्लाष्टिक सहित १७ ग्राम ३१० मिलिग्राम फेला पारी रितपुर्वक बरामद गरी चौधरीलाई आईतबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहरा जानकारी दिए ।

चौधरीलाई सोमबार जिल्ला अदालत परासीबाट दिन ७ म्याद थप गरी जिल्ला प्रहरी कार्यालय हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जनाए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित