रंजीत शर्मा/ नवलपरासी,१७ मंसिर।
पश्चिम नवलपरासी जिल्लामा कार्यरत युएमएन नवलपरासी क्लस्टरको सामाजिक लेखा परीक्षण सम्पन्न सम्पन्न भएको छ।
युएमएन नवलपरासी क्लस्टरका टीम लिडर सब्बु तामाङको अध्यक्षता तथा जिल्ला सम्वन्य समिति नवलपरासीका प्रमुख भगवती प्रसाद यादवको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ।
युएमएन नवलपरासी क्लस्टरका दुई साझेदार संस्थाहरु इन्द्रेणी सामाजिक विकास मञ्ज, बर्दघाट र सुनवल सामुदायिक विकास केन्द्र सुनवल मार्फत गत आर्थिक वर्ष २०८०/०८१ मा पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाहरुमा संचालित ६ वटा परियोजनाहरुमा कुल ६ करोड ८४ लाख ३० हजार ७ सय ५२ रूपयाँ खर्च गरेको छ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै युएमएनका सुशासन प्रमुख गोकर्ण जोशी र नवलपरासी क्लस्टरकी व्यवस्थापक कविता गुरुङ्गले नवलपरासीमा २०७६ सालदेखि नै जिल्लाका २ वटा संस्थासँगको सहकार्यमा पुनःजीवन परियोजना, अपाङ्गता समावेशी विकास परियोजना, लैंगिक समानता, घरेलु हिंसा न्यूनीकरणको लागि सामुदायिक संवाद तथा मेलमिलाप कार्यक्रम, बाल अधिकार परियोजना र एकीकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना गरी ६ वटा परियोजना हाल सम्म संचालनमा रहेको बताउनु भयो । उहाँले यस परियोजनाहरुबाट १ गाउँघर क्लिनिक, ६५ वटा बाल र युवा क्लवको क्षमता विकास र परिचालन, १६७ जनालाई आय आर्जन गर्न सहयोग, ४ वटा अपाङ्ग मैत्री शौचालय पुनःनिर्माण, २३८ वटा समुहहरुको क्षमता विकास र परिचालन,६५ घरधुरीमा हात धुने कनर/ ठाउँ सहयोग, १८० जना विपन्न दलित विद्यार्थीका लागि बिद्यालय सामग्री सहयोग ,२७ वटा सञ्जाल र समितिको क्षमता विकास र परिचालन, ३१ वटा विपन्न घरधुरीलाई शौचालय निर्माण गर्न सहयोग, ९१७ घरधुरीहरुलाई तरकारी बीउबिजनमा सहयोग, ५३ वटा विपन्न घरधुरीलाई खानेपानी जडान सहयोग, ४ वटा गोबर ग्यास निमार्ण सहयोग , १२ वटा किसानहरुलाई कृषि सामाग्रीहरु सहयोग र १२ वटा विपन्न मुसहर परिवारलाई घर जग निर्माणमा सहयोग लगायतको प्रमुख काम गरेको बताउनु भएको छ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी युएमएन नवलपरासीकी कलस्टर प्रमुख सवु तामाङ्गले सेवाको गुणस्तरियता, सुशासन र जवाफदेहिता बढाउन र सरोकारबालाहरुसँग पृष्ठपोषण संकलन गर्ने उद्देश्यका साथ सामाजिक परिक्षण गरिएको बताउनु भयो।
कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) ,उपाध्यक्ष द्वय मानकुमारी चौधरी र फातुमा खातुन अन्सारी ’सकिना’, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकाल, पाल्हीनन्दन वडा नं. ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, इन्द्रेणी सामुदायिक विकास मञ्चका अध्यक्ष होमराज कुँवर, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष विमलचन्द्र गिरी, पत्रकार मेघराज गौतम लगाएतले बोल्दै संस्थाको परियोजना मार्फत गरेका क्रियाकलाप प्रभावकारी रहेको तथा सुझावहरु दिएका थिए।

युएमएनको बार्षिक कार्यक्रमको पत्रकार कुष्ण ढकालले सामाजिक लेखापरिक्षकको रुपमा भूमिका निर्वाह गर्नु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

