Rashtriya Dainik

बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २६ ओैं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ मंसिर।

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर-५ मा रहेको श्री बडहरा दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २६ ओैं वार्षिक साधारणसभा सहकारीकाे प्राङ्गणमा सम्पन्न भएकाे छ।

सहकारी संस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा आईतवार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले पछिल्लो समय नेपालमा सहकारीबाट लिएको ऋण कर्जा माफ हुन्छ जस्ता विभिन्न किसिमका फैलिएको हावादारी कुराहरुकाे भ्रममा नपरि आफुले लिएकाे ऋण चुक्ता गरेर असल ऋणीकाे पहिचान दिन बताएकी हुन।उनले सहकारी घाटामा लाग्नु वा डुब्नु भनेको स्वयं सम्पूर्ण सहकारीका सेयर सदस्यहरु डुब्नु र सदस्यकाे घाटा लाग्नु बुझ्न आवश्यक रहेको बताईन।साथै उनले सहकारीका सेयर सदस्यहरुलाई तपाई हामी सबैकाे सहकारी हाे भन्ने बुझ्नुपर्ने जरुरी रहेको भन्दै आफुले गाउँपालिकाकाे तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताईन।

साधारणसभामा वार्षिक प्रतिवेदन,निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विरेन्द्र प्रसाद यादवले आ.व.२०८०/०८१ मा रु २ कराेड ८७ लाख ६५ हजार ४ सय ७५ कुल आम्दानी भएको र जसमा रु २ कराेड ६२ लाख ७१ हजार ४ सय ४९ खर्च गरि रु २४ लाख ९४ हजार २६ शुद्ध नाफा भएकाे बताए। हाल सहकारी सेयर सदस्यहरुमा १७१९ महिला र ८४१ पुरुष तथा संस्थागत कर्मचारी सहित १० गरि २,५७०/- जना सेयर सदस्य रहेकाे लेखा समिति संयाेजक शैलेश कुमार चाैधरीले जानकारी दिए।

साे सभामा सहकारी संस्थाका व्यवस्थापक रामचन्द्र राजभरले रुपैयाँ ५ हजार विमा बचत गर्ने सदस्यहरुकाे रु १ लाखकाे जीवन विमा गर्ने र रुपैयाँ १० हजार बचत गर्नेहरुलाई रु २ लाखकाे जीवन विमा गर्ने गरिएकाे बताउनुभयो।उत्कृष्ट बचत कर्ता,असल ऋणी,सकृय सदस्य,वृद्धवृद्धा सेयर सदस्यहरुलाई नगद सहित दाेसल्लाबाट सम्मान गरिएकाे व्यवस्थापक राजभरले जानकारी दिए।

साधारणसभा कार्यक्रममा सरावल गाउँपालिका प्रवक्ता एवं वडा नम्बर-४ का वडा अध्यक्ष सुरेश यादव,वडा नम्बर-५ का वडा अध्यक्ष लक्ष्मण प्रसाद चाैधरी,सरावल गाउँपालिका वडा नम्बर-५ का निवर्तमान वडा अध्यक्ष दिनेश सहानि,सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्रा लगाएतले बाेल्नुभएकाे थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित