Rashtriya Dainik

सशस्त्र प्रहरी बल हरपुर र महेशपुर पशु क्वारेन्टाइन एक्सनमा

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ मंसिर

पश्चिम नवलपरासीको हरपुर सहस्त्र प्रहरी बल गुल्मले भारतबाट अवैध रुपमा छिरिरहेका बोइलर कुखुरा र खुर्सानीको धुलो बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायक निरीक्षक ध्रुव कुमार थापाको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ति टोलिले पाल्हिनन्दन गाउँपालिका वाड ६ सनही स्थित भारतबाट अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गर्दा बरामद गरेको हो।

अवैध कुखुरा मूल्य तिस हजार बराबरको ३५ गोटा १०० के.जी. रहेको हरपुर गुल्म सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी विष्णु अधिकारीले बताउनुभयो । अवैध कुखुरा महेशपुर पशु क्वारेन्टाइन र महेशपुर इलाका प्रहरी कार्यालयको रोबरमा सशस्त्र प्रहरी बल गुल्म परिसरभित्रै खाल्टो खनी नष्ट गरिएको महेशपुर पशु क्वारेन्टाइनका प्रमुख मनोज अधिकारीले जानकारी दिए ।

त्यस्तै भारतबाट अवैध रूपमा नेपालतर्फ लाउँदै गरेका शंकरपुर बाट ८० हजार पर्ने गएको एक कुन्टल खुर्सानीको धुलो डिएसपी विष्णु अधिकारीको कमाण्डमा खटाइएका टोलीले बरामद गरी महेशपुर भन्सार कार्यालयमा बुझाएको डिएसपी अधिकारीले जनाएका छन् ।

भारतमा कुखुराजन्य सामग्रीको मूल्य नेपालमाभन्दा सस्तो हुने भएकाले बढी नाफाका लागि मासु व्यवसायीले भारतीय कुखुराजन्य सामग्री बिक्रीवितरण गर्ने गरेको व्यवसायीहरू बताउँछन्। भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा नवलपरासीका व्यवसायी पीडित भए पछि महेशपुर पशु क्वारेन्टाइन पहिला देखिनै कडाइ गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले मोटरसाइकिल सहित ४० गोटा बोइलर कुखुरा अन्दाजी १३० केजी महेशपुर पशु क्वारेन्टाइन कार्यालयलाई बुझाएका छन्। अबैध कुखुरा महेशपुर इलाका प्रहरी कार्यालय परिसरभित्रै खाल्टो खनी कुखुरालाई नष्ट गरिएको महेशपुर पशु क्वारेन्टाइनका प्रमुख मनोज अधिकारीले जानकारी दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित