राष्ट्रिय दैनिक / नवलपरासी १६ मंसिर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ वडा कार्यालयको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशकाे वन तथा वातावरण मन्त्रालयमा नवनियुक्त मन्त्री देवकरण कलवार (सन्तु ) लाई प्रतापपुर गाउँपालिका वडा नं.६ वडा कार्यालयमा स्वागत सहित सम्मान गरिएको हो ।

आइतबार वडा कार्यालयमा पुग्नु भएको वन तथा वातावरण मन्त्री कलवारलाई स्वागत सम्मान सहित वडाको अवस्था समस्या र प्रगतिबारे प्रस्तुतिकरण वडा नं.६ का वडाध्यक्ष केशव अधिकारीले गर्नुभएको थियोे ।

उक्त कार्यक्रममा वडा सचिव सागर अर्याल , कार्यपालिका सदस्य छविलाल हरिजन ,नेपाली काग्रेसका युवा नेता करम हुसेन अन्सारी , वडा सदस्य अवधेश यादव ,समाजसेवी जयराम यादव ,समाजसेवी कृष्ना जयसवाल , वडा नं.६ मा रहेका महिला समुह तथा स्थानिय लगायत उपस्थिति रहेको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

