अमृता सुनार / नवलपरासी ,१६ मंसिर
जनउदय सामुदायिक वन उपभोक्ता समुह सुनवल ३ को स्वकृति कार्ययोजना अनुसार आज देखि १० दिने झाडी सफाई कार्यक्रम सुरु भएको छ ।
कार्य समितिका अध्यक्ष विर बहादुर विश्कर्माको अध्यक्षतामा किर्तिपुर वडा नं १,२ र नदुवा, तिलकाना गाउ बाट करिब १ सय ३४ जना उपभोक्ताहरुको सहभागितामा झाडी सफाई शुभारम्भ भएको हो ।

वन समितका सचिव माया पुन, सहसचिव खेम बहादुर गुरुङ्ग, सदस्य राजु गुरुङ्ग, कमल बुढाथोकी, सरस्वती मल्ल, पुणर् कुमारी मल्लको ६ वटा समूह बनाएर झाडी सफाई लाई व्यवस्थापन गर्नुभएको कार्य समितिका अध्यक्ष विर बहादुर विश्कर्माले जानकारी दिनुभयो ।

सुनवल सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा उक्त झाडी सफाई कार्यक्रमले विरुवा उत्पादन गर्ने, वन संरक्षण गर्ने योजना रहेको छ । सरसफाई कार्यक्रम बिहान ९ बजे देखि दिउसो ४ बजे सम्म संचालन हुने सचिव माया पुनले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

