Rashtriya Dainik

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटि नवलपरासीको बैठक सम्पन्न

अमृता सुनार /नवलपरासी ,१६ मंसिर

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटि नवलपरासीको सचिवालयको बैठक पार्टी कार्यालय परासीमा सम्पन्न भएको छ । संगठनका जिल्ला कमिटि नवलपरासीका अध्यक्ष टेक बहादुर थापा मगरको अध्यक्षतामा बैठक बसि विभिन्न बिषयमा छलफल गरि निणर्य पारित भएको छ ।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश कमिटिको निणर्यको सर्कुलर अनुसार मंगसीर २३ गते र २४ गते हुन गइरहेको संगठनको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटि बात उल्लेखनीय सहभागिता जनाउने निणर्य पारित भएको छ ।

त्यसैगरी संगठन बिस्तार नभएको पालिकामा माघ महिनाको मसान्त सम्म संगठन बिस्तार गर्ने निणर्य पारित भएको छ । संगठन बिस्तार भएको नगरपालिका र गाउपालिकाको कमिटिलाई चलायमान गराउनुको लागि पालिका स्तरीय कमिटिको बिस्तारित बैठक गर्ने निणर्य पारित भएको नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित