Rashtriya Dainik

तमु ह्युला छाेंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति नवलपरासीको आठौ जिल्ला अधिवेशन सम्पन्न

अमृता सुनार / नवलपरासी ,१६ मंसिर

तमु ह्युला छाेंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति नवलपरासीको आठौ जिल्ला अधिवेशन सुनवल ५ वनकट्टीमा सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष ईन्द्र गुरुङको अध्यक्षता एव तमु ह्युला छाेंज धि गुरुङ राष्ट्रिय परिषद बागमति प्रदेश प्रमुख गणेश बहादुर तमुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश तमुले गुरुङहरुले आफनो संस्कार, संस्कृति पुस्तान्तरण गर्दै गएमा मात्र गुरुङ जाती विलुप्त्त नहुने बताउदै गुरुङको पहिचान सगैं आफनो सिपलाई पनि पहिचानका रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । तमु ह्युला छाेंज धि नवलपरासीका सहसचिव सुष्टि तमुस्यो ले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्याक्ष जनसरी तमुस्योले गर्नुभएको थियो ।

सो अवसरमा तमु ह्युला छाेंज धि सुनवल नगर अध्यक्ष चन्द्र बहादुर तमु, थारु कल्याणकारी जिल्ला अध्यक्ष मुनिन्द्र चौधरी, आदिवासी जनजाती महासंघ जिल्ला समिति अध्यक्ष तारा राना, तमु ह्युला राष्ट्रिय परिषद लुम्विनी प्रदेश अध्यक्ष खुम बहादुर तमु, खेमालिपिका सहसंयोजक भिम तमु, तमुस्यो ह्युला छाेंज धि केन्द्रिय अध्यक्ष टिचन तमुस्योले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको तमु ह्युला छाेंज धि नवलपरासीका प्रचार सचिव ईच्छा तमुले बताउनुभयो ।

आजै सम्पन्न अधिवेशनले उदिम तमुको अध्यक्षतामा १७ सदस्य चयन गरेको छ । सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा जनसरी तमुस्यो, उपाध्यक्षमा राम बहादुर तमु, सचिवमा खड्का बहादुर तमु, कोषाध्यक्षमा सृष्टि तमुस्यो, संगठन सचिव देव बहादुर तमु, प्रचार सचिव राजु तमु, सहकोषाध्यक्षमा गौमाया तमुस्यो र सदस्यहरु क्रमशमा डम्बर बहादुर तमु, आशा तमुस्यो, धनमाया तमुस्यो, खुबी तमुस्यो, नन्दु तमु, शिव तमु रहनुभएको र ३ जना पछि मनोनित गर्ने जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित