Rashtriya Dainik

पेट्रोलको भाउ बढ्यो

काठमाडौं, मंसिर १५-

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शनिवार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५८ पैसा बढेर आएको छ । यस्तै डिजेलको मूल्य १८ पैसा घटेर आएपनि मूल्यमा कुनै हेरफेर गरिएको छैन ।

निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, हवाई इन्धनमा १ रुपैयाँ ३५ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ । जसअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले बढाइएको निगमले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित