Rashtriya Dainik

पर्साको जिल्लाको गाउँपालिका वडा अध्यक्षहरुको प्रथम भेला

राजन कुमार बानिया /पर्सा ,१५ मंसिर

पर्साको जिल्लाको गाउँपालिका वडा अध्यक्षहरुको प्रथम भेला आज ठोरी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।

गाउँपालिकाको वडाअध्यक्षहरुको प्रथम भेला ठोरी गाउँपालिकाको घ्याङडाडामा भएको भेलामा जिल्लाको सबै गाउँपालिका वडाअध्यक्षहरुको हकहितको लागि एक जुट भएर बक्ताहरुको जोड रहेको थियो ।

बसेको भेलाफबाट वडाअध्यक्ष बिजय गैरेको अध्यक्षता एकता समाज नेपालको ११ सदस्यीय तदर्थ समिति चयन गरिएको छ।एकता समाज नेपालको उपाध्यक्षमा सुबास यादव ,सचिवमा दिपेन्द्र सिंह,कोषाध्यक्षमा अस्टबहादुर लोपचन,सह सचिवमा मोजामिल मियाँ ,सदस्यहरुमा ढेरी यादव,जयनारायण पटेल,बिपिन मुखिया,महादेव महतो थारु , जयप्रकाश चौरसिया लगायत ११ सदस्यीय तदर्थ समिति सर्बसहमत चयन गरिएको छ।

भेलाबाट सलाहकार समिति समेत चयन गरिएको छ। सलाहकार समितिमा संजय चौहान ,अनोज चौरसिया,अमृत कृष्ण सापकोटा, संजय पटेल,रामसरण खवास ,फरमान मियाँ ,चिरञ्जीवी महतो थारु,लगायत चयन गरिएको छ। बसेको भेला अमृत कृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ। भेलामा १० वटा गाउँपालिकाको वडा अध्यक्षहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित