Rashtriya Dainik

शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/ नवलपरासी ,१५ मंसिर

शुभ लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. सुनवल ५ वनकट्टिको १८ औ वार्षिक साधारण सभा आज वनकट्टि स्थित बौद्ध गुम्बाको सभाहलमा सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता एव उपप्रमुख सुर्य प्रसाद दुवेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले सहकारीको माध्यमबाट रोजगारी सिर्जना गरि शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्दै जनतालाई उत्पादन संग जोड्नुपर्ने आजको आवश्यकता रहेको नगर प्रमुख अर्यालको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख सुर्य प्रसाद दुबेले वर्तमान परिवेशषमा सहकारीमा भएको तरलता लाई व्यवस्थापन गरि व्यवसायी तिर उन्मुख भई सदस्यहरुको आर्थिक विकासमा र सिपको विषयमा योजना बनाई अगाडि बढ्नु पर्ने विचार राख्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारी, लुम्बिनी सुनवल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, सामुदायिक विद्युतीकरण राष्ट्रिय महासंघ तथा उज्यालो नेपालका अभियान्ता नारायण ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य, एसईई, प्लस टु, स्नातक, स्नातकोत्तर तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका सन्तती, असल बचत कर्ता, असल ऋणी, लगायतलाई सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष गंगा बहादुर गुरुङले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष निमबहादुर शाहीले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक सन्तोष शर्माले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मत पारीत गरेको छ ।

यस्तै १ करोड १४ लाख ७४ हजार जम्मा शेयर पुजी भएको यस सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा ५७ लाख ५६ हजार ३ सय ३० रुपैया शुद्ध नाफा आर्जन गर्न सफल भएको छ । वि.स २०६३ सालमा २५ जना बाट स्थापित सहकारीमा हाल १२ सय जना शेयर सदस्य रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित