काठमाण्डौ / १५ मंसिर
भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।
पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।
यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

