Rashtriya Dainik

चौथो सुनवल महोत्सवमा दर्शकको सहभागिता बढ्दै

अमृता सुनार /नवलपरासी ,१४ मंसिर

चौथो सुनवल महोत्सवको आज तेस्रो दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायक रामजी खाँण, गायिका शान्तारानी परियार, लुमाया कुँवर, गायक भुपराज न्यौपाने लगायत स्थानीय कलाकारको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक रमेश पराजुलीले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा गत मंसिर १२ गते देखि मेला सोमनाथ हाटबजार परिसरमा भइरहेको छ ।

महोत्सवको चौथो दिन भोलि चर्चित राष्ट्रिय लोक दोहोरी गायक पशुपति शर्मा , चर्चित गायिका समिक्षा अधिकारी, दुर्गा सापकोटा, बन्दना पाण्डेय लगायत स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी,बालमैत्री सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर, औद्योगिक उत्पादनहरूको प्रदर्शनी सँगै कृषि र पर्यटनको सिकाइ प्रदर्शनीहरू रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित