Rashtriya Dainik

प्रतापपुरमा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बेलाटारीमा ५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ९ कार्यालयकाे आयाेजना तथा जन कल्याण सीप प्रशिक्षण केन्द्रकाे सहजिकरणमा बिहीबार तालिम सम्पन्न भएको हाे।

जनकल्याण सीप प्रशिक्षण केन्द्रकाे प्रतिनिधि नन्दु यादवकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ९ काे वडा अध्यक्ष जय किसुन चाैधरीकाे प्रमुख एक कार्यक्रमबिच तालिम सम्पन्न भएको हाे।

प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष चाैधरीले महिला सशक्तिकरणका लागि बोल्नेकला अत्यावश्यक भएको बताउनुभयो । वहाँले टोलटोलबाट जागरुक हुनुपर्ने आवश्यकता समेत औल्याउनुभएकाे थियोे । सिकेका कुरा व्यवहारमा उतार्न अध्यक्ष चाैधरीले अनुरोध गर्नुभएको हाे। क्षमता भएपनि देखाउन नसकेकै कारण समाजमा महिला पछि परेको भन्दै निडर भएर आफ्ना भनाई राख्ने र भएका सीप प्रदर्शन गर्न हिच्किचाउन नहुने उहाँको भनाई थियो ।

समापन समारोहमा प्रशिक्षार्थीहरु आफुभित्र भएके निखारता बाहिर ल्याउन प्रशिक्षणले ठुलो टेवा पुर्याएकाे बताउनु भएको थियोे । प्रशिक्षार्थीहरुले तालिम उपलब्धीमुलक भएको बताएका थिए । अगाडी गएर बोल्न समस्या थियो तालिम पश्चात त्यो डर हटेको बताएका थिए।

४८ जना सहभागीता रहेको तालिमकाे प्रमुख प्रशिक्षक सामाजिक अभियन्ता तथा पत्रकार उमेश बि.कले सहजिकरण गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित