Rashtriya Dainik

चौथो सुनवल महोत्सवको आज दोस्रो दिन, दर्शकको उत्साहजनक उपस्थिति

अमृता सुनार / नवलपरासी , मंसिर १३

उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको चौथो सुनवल महोत्सवको आज दोस्रो दिन मेला अवलोकन गर्न आउने दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।मेलाको दोस्रो दिन गायक शिरीष देवकोटा, बसन्त लम्साल, भुवन अधिकारी, गायिका संगिता चितौरे लगायत स्थानीय कलाकारको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक रमेश पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै मेलामा आउने दर्शकहरुले जनजातिका परम्परागत घर अवलोकन र तिनका परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र फेन्सि स्टलहरुमा पनि दर्शकहरुको भिडभाड बाक्लो रहेको थियो । महोत्सवको तेस्रो दिन भोलि गायक रामजी खाँण, गायिका शान्तारानी परियार, लुमाया कुँवर, गायक भुपराज न्यौपाने लगायत स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा बाल उद्यान, कृषि प्रदर्शनी,बालमैत्री सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर, औद्योगिक उत्पादनहरूको प्रदर्शनी सँगै कृषि र पर्यटनको सिकाइ प्रदर्शनीहरू रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित