Rashtriya Dainik

बारा प्रहरीले तत्कालीन क्याम्पस प्रमुख कुशवाहालाई हत्याको महाअभियुक्त सुरेन्द्र पक्राउ

वीरगन्ज, १३ बिहिबार

बारा प्रहरीले राजामोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभूषण कुशवाहालाई गोली हानि हत्या पश्चात फरार रहेका मुख्य अभियुक्तलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आदर्शकोतवाल गाउपालिका वडा नम्बर २ खजुरीयाका नेपाल  सेनाका भगौडा बर्ष ४१ को सुरेन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरेको छ।

गत जेठ ३२ गते साँझ सवा ५ बजेको करिबमा बारा आदर्शकोतवाल गाउँपालिका–२ स्थित खजुरियाबाट कलैयाबजारतर्फ जाँदै गर्दा हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरिएको थियो । घटनामा नेपाली सेनाका भगौडा र गाउँमा त्रास फैल्याउने व्यक्तिका रूपमा परिचित सुरेन्द्र प्रसाद कुशवाहासहित १७ जनाको समूह संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।हत्या प्रकरणमा संलग्न अन्य ८ व्यक्तिहरूलाई प्रहरीले तत्कालै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । तीमध्ये दुई अभियुक्त धरौटीमा रिहा भएका छन् भने बाँकी ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बारा प्रहरीको अनुसार अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषण प्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी खुलाएका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहा कहिले भारतको बिभिन्न ठाउँमा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए।

 प्रहरीले विशेष  सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन भने जानकारी प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले पक्राउ गरि कानुनी दायरामा लिएका हो।

कुशवाहाविरुद्ध ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ सम्पन्न भएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित